काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह लाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति पहिलो पटक बस्न लागेको हो । बिहीबार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकको अध्यक्षता पार्टी सभापति रवि लामिछाने ले गर्नेछन् । बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी रहने जनाइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय र केन्द्रीय समितिका बैठकहरूमा बालेन्द्र शाह सहभागी भएका थिएनन् । अब भने पार्टीले केन्द्रीय समितिबाट नै संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा उनलाई अघि सार्ने तयारी गरेको छ ।
पार्टी स्रोतका अनुसार विधानअनुसार संसदीय दलको नेता निर्वाचन गर्ने व्यवस्था भए पनि बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच १३ पुसमा भएको राजनीतिक सहमतिलाई आधार मान्दै उक्त व्यवस्था ‘ओभररुल’ गर्ने निष्कर्ष निकालिएको हो । केन्द्रीय समितिले सो राजनीतिक निर्णय अनुमोदन गर्दै विधानको बाधा अड्काउ फुकाउ प्रावधान प्रयोग गरेर उनलाई संसदीय दलको नेतामा अगाडि बढाउने तयारी गरेको जनाइएको छ ।
विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट बालन संसदीय दलको नेता बन्दै