प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुँदै

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. मनोज शर्मा को संसदीय सुनुवाइ प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समिति को कार्यकक्षमा बस्ने तय भएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची रहेको बताइएको छ ।

डा. शर्मालाई बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । तर सिफारिस भएका ६ न्यायाधीशमध्ये वरीयताको चौथो नम्बरमा रहेका शर्मालाई अघि बढाइएको विषयलाई लिएर न्यायिक तथा कानुनी वृत्तमा आलोचना भइरहेको छ ।

वरिष्ठता परम्परा तोडिएको भन्दै सर्वोच्च अदालतभित्रै असन्तुष्टि देखिएको छ भने नेपाल बार एसोसिएसन, कानुन व्यवसायी तथा पूर्वन्यायाधीशहरूले समेत निर्णयमाथि प्रश्न उठाएका छन् । यसबीच उक्त सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *