Popular Posts

रास्वपाले फेरि संशोधन गर्‍यो निर्वाचन तालिका, पदाधिकारी मतदान राति हुने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो निर्वाचन तालिका पुनः संशोधन गरेको छ । योसँगै निर्वाचन तालिका पाँचौं पटक संशोधन गरिएको हो ।
संशोधित तालिकाअनुसार पार्टी पदाधिकारी पदका लागि राति ९:१५ बजेदेखि मध्यराति १२:१५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुने जनाइएको छ । उम्मेदवारको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशित गरिनेछ ।
त्यस्तै उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय साँझ ८ बजेसम्म तोकिएको छ भने त्यसमाथिको जाँचबुझ प्रक्रिया राति ८:१५ बजे सञ्चालन गरिनेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय ८:३० बजे निर्धारण गरिएको छ ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ८:४५ बजे सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि ९:१५ बजेसम्म मौन अवधि कायम गरिनेछ र सोही समयदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *