काठमाडौं, माघ २६ ।
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ। सभापति गगन थापा को अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यो निर्णय गरेको हो।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार, केन्द्रीय सदस्य तारामान गुरूङ को संयोजकत्वमा नयाँ अनुशासन समिति गठन गरिएको छ।

समितिले पार्टी भित्रको अनुशासन कायम राख्ने, विवाद समाधान गर्ने र सदस्यहरूसँग सम्बन्धित मुद्दाहरूको छानबिन तथा निर्णय गर्ने जिम्मेवारी पाउनेछ। यस कदमलाई पार्टीको संगठनात्मक मजबुती र आन्तरिक सहकार्य सुनिश्चित गर्ने उद्देश्यका रूपमा हेरिएको छ।