काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले ७ फागुन, प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीलाई राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै २००७ सालको क्रान्तिलाई स्मरण गर्दै २०१५ सालमा पहिलो संसदीय निर्वाचन सुरुआत भएको दिनलाई ‘निर्वाचन दिवस’का रूपमा पनि उल्लेख गरेकी छन्। उनले भनिन् कि लोकतन्त्रलाई केवल कहिलेकाहीँको आन्दोलनको विषय होइन, जीवनशैली बनाउनु पर्ने आवश्यकता रहेको छ।
कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचार, नातावाद र विभेदजस्ता समस्याहरूलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्ने जोड दिँदै स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन मार्फत देशको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिकहरूलाई मिलेर अघि बढ्न आह्वान गरेकी छन्। साथै, उनले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको यो सन्देश अहिलेको राजनीतिक चुनौतीका बीच राष्ट्रिय एकता र सकारात्मक गतिविधीतर्फ सबैको ध्यानाकर्षण गर्ने प्रयासको रूपमा व्याख्यित गरिएको छ।