निर्वाचनको लागि तीन दिन विदा

काठमाडौं ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्वाचनको दिन मतदातालाई सहज रूपमा मतदान केन्द्रमा पुग्न र कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक व्यवस्थापन गर्न सुविधा मिलोस् भन्ने उद्देश्यले बिदा घोषणा गरिएको जनाइएको छ। मतदानको अघिल्लो र पछिल्लो दिनसमेत बिदा दिँदा आवागमन, सुरक्षा व्यवस्था र प्रशासनिक तयारीमा सहजता हुने अपेक्षा गरिएको छ।
यसअघि निर्वाचन आयोग ले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। आयोगले मतदाता सहभागिता वृद्धि गर्न तथा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न बिदा आवश्यक रहेको बताएको थियो।
सरकारको निर्णयसँगै अब देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू ती तीन दिन बन्द रहनेछन्। अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *