केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचन सुरक्षा केन्द्रित छलफल


काठमाडौं ।

—गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको बताइएको छ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको छ।
बैठकमा देशका विभिन्न भागमा देखिएका पछिल्ला गतिविधि, समग्र सुरक्षा अवस्था तथा निर्वाचनसँग सम्बन्धित सम्भावित चुनौतीका विषयमा विस्तृत छलफल भइरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन आवश्यक रणनीति तथा समन्वयका विषयमा पनि बैठकमा समीक्षा भइरहेको स्रोतले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *