काठमाडौं ।
नेपालका प्रतिष्ठित व्यवसायी तथा राजनीतिज्ञ बिनोद चौधरी काे कुल सम्पत्ति सन् २०२६ मा नेपाली रुपैयाँमा ३ खर्ब २ अर्ब पुगेको छ।
फोर्ब्सले सार्वजनिक गरेको २०२६ को विश्व धनी सूचीअनुसार चौधरीको कुल सम्पत्ति करिब २.१ अर्ब अमेरिकी डलर रहेको छ । यसका साथ उनी यस वर्ष विश्वका धनी व्यक्ति मध्ये १९८२औं स्थानमा परेका छन्, जुन अघिल्लो वर्षको १७६३औं स्थानबाट तल झरेको हो ।
एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जानकारी दिएको छ । यसअघि सन् २०२५ मा उनको कुल सम्पत्ति लगभग २ खर्ब डलर बराबर रहेको उल्लेख गरिएको थियो ।
विशेषतः दक्षिण एसियामा भारतीय अरबपतिहरू बाहेक चौधरी एकमात्र अरबपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका व्यक्तिहरू फोर्ब्सको अरबपति सूचीमा समावेश नभएका कारण उनले यो स्थान कायम राखेका छन् ।
विश्वमा धनीको सूचीमा शीर्ष स्थानमा को छन्?

फोर्ब्सको सूचीअनुसार यो वर्ष अमेरिकाका उद्योगपति एलन मस्क शीर्ष स्थानमा छन्, जसको सम्पत्ति ८३९ अर्ब डलर भन्दा बढी रहेको छ । दोस्रो स्थानमा ल्यारी पेज रहेका छन् । सूचीमा सामान रूपमा अमेरिका, चीन, भारत लगायतका देशका धनीहरूलाई बढी ठाउँ प्राप्त भएको छ ।