काठमाडौं सहित विभिन्न सहरमा खाना पकाउने ग्यास अभाव


काठमाडौं ।

मध्यपूर्वको तनावका कारण नेपालमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ। कतिपय ग्यास बिक्री डिपो बन्द छन् भने सीमित खुला डिपोमा उपभोक्ताहरूको लामो लाइन देखिन्छ।
आज बिहान बालाजु उद्योगिक क्षेत्रमा यस्तै लामो लाइन देखिएको थियो। बिहानैदेखि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर लाइनमा उभिएका थिए। कतिपयले ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन्, तर ग्यास पाउनेहरूको संख्या सीमित रहेको थियो।
यसको साथै जनकपुर, बीरगञ्ज, विराटनगर लगायतका विभिन्न प्रमुख सहरहरूमा पनि ग्यासको अभाव देखिएको छ। नागरिकहरूले दैनिक आवश्यकताको ग्यास पाउन कठिनाइ भोग्नुपरेको छ।
अमेरिका, इजरायल र इरानबीच जारी संघर्षका कारण खाडी क्षेत्रका देशहरूमा पनि तनाव बढेको छ। इरान, यूएई र ओमानसँग जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ युद्धको प्रभावमा परेको छ। यस मार्गबाट ग्यास र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएपछि यसको असर विश्वभर देखिएको छ।
नेपालमा ग्यास र तेल भारतबाट आयात हुने भएकाले भारतमा आपूर्ति प्रभावित हुँदा नेपालमा पनि संकट उत्पन्न भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *