रौतहट — नक्कली सुनसहित ४ जना पक्राउ


रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार स्थानीय जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–४ स्थित उक्त होटलमा जाँच गर्ने क्रममा ‘पम्प, क्रेडिट, सइस, फाइन गोल्ड’ लेखिएको नक्कली सुनजस्ता धातुका सात वटा टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा नुवाकोट घर भएका अशोक तामाङ, चन्द्रपुर नगरपालिकाका अर्जुन चौधरी, बोधीमाई नगरपालिकाका फेकनराय यादव र भारतको सिलिगुडीका सञ्जोग बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार पक्राउ परेकाहरूको साथबाट चार थान मोबाइलसमेत बरामद गरिएको छ। उनका अनुसार नक्कली सुन बेचबिखन गर्ने गिरोहको आशंकामा उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले पक्राउ परेकाहरूको पृष्ठभूमि र उनीहरू संलग्न रहेको सम्भावित गिरोहबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *