Popular Posts

निर्वाचनलाई मौसमले साथ दिने पूर्वानुमान


काठमाडौँ, माघ २४, २०८२ — आगामी प्रतिनिधिसभा निर्वाचन, जुन २१ फागुन २०८२ मा देशभर एकै पटक हुने तय भएको छ, त्यस दिन मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले विगत ३० वर्षको मौसम डेटा र विश्लेषणको आधारमा यस्तो नतिजा दिएका छन्। विभागका अनुसार मतदाताहरूका लागि मतदान प्रक्रियालाई सहज बनाउन मौसमको अवस्था अनुकूल रहने संकेत छ।


मौसम विभागका प्रवक्ताहरूले १०–३० फागुनसम्मको अधिकतम र न्यूनतम तापक्रम तथा वर्षाको औसत तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराएका छन्। उक्त तथ्यांकको विश्लेषणले २१ फागुनको दिन देशका धेरै भागमा सामान्य तथा स्थिर मौसम रहने संकेत दिएको छ।
तर विभागले स्पष्ट पनि गरेका छन् कि उपलब्ध प्रविधिले सामान्यतया ५–७ दिनसम्मकाहीँ मौसमको पूर्वानुमान मात्र सटीक रूपमा गर्न सक्षम छ। एक महिनाअघि विस्तृत दैनिक पूर्वानुमान दिन विज्ञानगत रूपमा सम्भव नभए पनि, ऐतिहासिक तथ्यांकको आधारमा लामो अवधिको तस्वीर बनाइएको छ।
विशेषगरी हिमाली जिल्लाहरू जस्तै ताप्लेजुङ, पाँचथर, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, दार्चुला र बाजुरामा मौसम चुनौतीपूर्ण हुन सक्ने सम्भावना रहेको छ। हिउँ पर्ने मौसमका कारण केही उच्च हिमाली क्षेत्रमा मतदानमा असुविधा हुनसक्ने अनुमान गरिएकोले मतदाता तथा सम्बन्धित निकायहरूलाई सचेत रहन सुझाव दिएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *