Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

समानुपातिक तर्फको मतगणना सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी रहेको मतगणना अन्ततः सकिएको हो। गोरखा–१ र इलाम–१ क्षेत्रको मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ पनि सम्पूर्ण मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिले विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मत परिणामको विवरण आयोगमा आउने क्रम जारी छ।
मतगणना सम्पन्न भएसँगै अब समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ। केही दिनभित्र यस प्रक्रियालाई अन्तिम रूप दिइने बताइएको छ।
बुधबार बिहान ११ बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फ कुल एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच लाखभन्दा बढी मतसहित अग्रस्थानमा देखिएको छ। त्यसपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रमशः मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार अन्य दलहरू भने समानुपातिक प्रणालीको थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको जनाइएको छ।
अब आयोगले प्राप्त मतका आधारमा दलगत सिट बाँडफाँटको प्रक्रिया पूरा गरेर समानुपातिक सांसदहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!