Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

इनिसा विकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरूको प्रदर्शन


सुर्खेत, २९ फागुन । १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिलाउन माग गर्दै सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
शुक्रबार बिहान इनिसाका कक्षा साथीहरू जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि भेला भएर न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।
इनिसा वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत थिइन्।


प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जस्टिस फर इनिसा’ र ‘वी वान्ट जस्टिस’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!