Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

किशोरी साहको रिटमा सुनुवाइ सकियो


काठमाडौं, २९ फागुन ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा उक्त रिटमाथि सुनुवाइ सम्पन्न भएको हो। साहले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतको वेबसाइटमा भने उक्त रिटलाई ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको उल्लेख गरिएको छ। यसअघि बिहीबार न्यायाधीश सारंगा सुवेदीकै इजलासले साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो।
साहले आफूलाई गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतमा सुनुवाइ सम्पन्न भइसकेकाले अब यसबारे अदालतको निर्णय आउने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!