अध्यक्ष ओलीलाई दोष दिएर कोही उम्किन सक्दैन : शेरबहादुर तामाङ


काठमाडौं, २९ फागुन ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोष दिएर कोही पनि नेता जिम्मेवारीबाट उम्किन नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालैको चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताए। उनका अनुसार निर्वाचन परिणामका विषयमा एक जना नेतामाथि मात्रै दोष थोपरेर समस्या समाधान नहुने उल्लेख गरे।
तामाङले नेकपा एमालेले जनमतलाई स्वीकार गरेको पनि बताएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीले समेत चुनावी परिणामलाई स्वीकार गरिसकेको उल्लेख गर्दै पार्टीभित्र यस विषयमा विस्तृत समीक्षा हुने बताए।


उनले पार्टीभित्र कसैले अर्को नेतालाई दोष लगाएर आफू चोखो बन्न खोज्ने प्रयास भइरहेको टिप्पणी गर्दै त्यसलाई गलत प्रवृत्ति भनेका छन्। उनका अनुसार चुनावी परिणाम सामूहिक जिम्मेवारी भएकाले सबै नेताले आफ्नो भूमिका स्वीकार गर्नुपर्ने हुन्छ।
तामाङले कसैले स्वेच्छाले पद छाड्न चाहे त्यो व्यक्तिगत निर्णय हुन सक्ने बताए। तर कसैलाई दबाब दिएर पद छाड्नुपर्छ वा नैतिकता देखाउनुपर्छ भन्ने कुरा उठाउनु नैतिकताको विषय नभई दबाबको विषय हुने उनले बताए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *