Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

गगन थापाको राजीनामा विकल्प होइन : डिला संग्रौला


काठमाडौं, २९ फागुन ।

नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतान्त्रिक व्यवस्थामा हार र जित दुवै स्वाभाविक हुने बताउँदै पार्टी सभापति गगन कुमार थापाको राजीनामा अहिलेको विकल्प नभएको टिप्पणी गरेकी छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणामलाई आत्मालोचनासहित स्वीकार गर्दै पार्टी जनतामाझ जान तयार रहेको बताइन्।


संग्रौलाले अहिलेको अवस्थामा सभापति थापाले राजीनामा दिनु उपयुक्त नहुने उल्लेख गर्दै पार्टीभित्र समीक्षा प्रक्रिया अघि बढ्ने बताइन्। उनका अनुसार सभापति थापाले पार्टीको नेतृत्व सम्हालेको छोटो समय भए पनि पराजयको जिम्मेवारी नेतृत्व टिमले नै लिनेछ।
उनले गगन थापालाई केवल व्यक्ति नभई संस्थाको रूपमा लिनुपर्ने बताइन्। साथै उनले पदाधिकारी र केन्द्रीय समितिले मात्र थापालाई रोक्न खोजेको भन्ने कुरा सही नभएको स्पष्ट पार्दै चुनावी परिणामलाई तत्कालीन राजनीतिक परिवेश र परिस्थितिसँग जोडेर मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरिन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!