नवनिर्वाचित सांसदहरुको शपथमा आफ्नो भाषा र पहिरनमा आउने सांसदहरूको तयारी


काठमाडौँ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने भएको छ। सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै शपथ कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिने जनाएको हो।
सचिवालयले सबै नवनिर्वाचित सांसदलाई शपथ कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ। शपथ कार्यक्रममा सहभागी हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउन भनिएको छ।


सचिवालयका अनुसार सांसदहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै, नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *