शपथ लिएलगत्तै बालेन शाह सर्वोच्च अदालतमा, अवहेलना मुद्दाको लिए तारेख


काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाह सर्वोच्च अदालत पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन्।
तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालत मा अवहेलनाको मुद्दा चलिरहेको छ। तीन वर्षअघि उच्च अदालत पाटन ले सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो। सो आदेशपछि शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झा ले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गराएकी थिइन्।
त्यही मुद्दाको तारेखका लागि शाह बुधबार सर्वोच्च अदालत पुगेका हुन्। अदालतले अब उक्त मुद्दाको अर्को सुनुवाइ १४ जेठका लागि तोकेको छ।
हालै सांसदको शपथ लिएपछि शाह पहिलोपटक अदालत पुगेका हुन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *