काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्ने तयारीमा छन् ।
राष्ट्रपति कार्यालय शीतल निवास मा आज दिउँसो हुने औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथ ग्रहण समारोह दिउँसो १२ बजेर ३४ मिनेटका लागि निर्धारण गरिएको छ । शपथपछि बालेनले दिउँसो सवा २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर औपचारिक रूपमा पद बहाली गर्ने कार्यक्रम रहेको छ ।
३६ वर्षको उमेरमै प्रधानमन्त्री बन्न लागेका बालेन हालैको राजनीतिक घटनाक्रमपछि देशको कार्यकारी नेतृत्व सम्हाल्न लागेका हुन् । 📰
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने, प्रधानमन्त्रीको रूपमा बालनको सपथ आज