कार्की आयोगको प्रतिवेदनप्रति ओलीको असन्तुष्टि, सिफारिस अस्वीकार्य भएको टिप्पणी


काठमाडौं — केपी शर्मा ओली ले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूविरुद्ध गरेको कारबाही सिफारिस अस्वीकार्य भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट औपचारिक धारणा सार्वजनिक गर्दै भदौ २३ को घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि नहुने तर्क गरेका हुन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा एमाले सांसदहरूलाई प्रशिक्षण दिँदै उनले प्रतिवेदनमाथि कडा आलोचना गरे। उनले फौजदारी अपराधअनुसार छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरिएको विषय कानुनी रूपमा आधारहीन भएको दाबी गरे।
ओलीले प्रधानमन्त्रीले घटनास्थलमा उपस्थित भएर प्रत्यक्ष रूपमा घटना गराएको अवस्थामा मात्र फौजदारी जिम्मेवारी लाग्ने जिकिर गर्दै आफूले न गोली चलाएको र न चलाउने आदेश दिएको दाबी गरेका छन्।
त्यस्तै उनले तत्कालीन गृहमन्त्री र नेपाल प्रहरी का प्रहरी महानिरीक्षकविरुद्ध पनि कारबाही सिफारिस गर्नु कानुनी रूपमा नमिल्ने बताएका छन्। आयोगको प्रतिवेदनमा गरिएका सिफारिसहरू निराधार रहेको उनको भनाइ छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *