एन्फा अध्यक्ष  नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष  पंकजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाईएको छ । 

नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रअनुसार छानबिन समिति गठन गरिएको हो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।

खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भईरहेको बताउनुभयो । 

‘‘राखेपको छानबिन उपसमितिले विभिन्न राष्ट्रिय खेल सङ्घमा देखिएको विवाद मिलाउने काम गरिरहेको छ । अब हामी खेलकुदमा विगतदेखि भईरहेको खराव राजनितिक गतिविधि अन्त्य गर्ने अभियानमा छौँ । कानुन सबैले पालना गर्न आवश्यक छ,’’ मेहताले भन्नुभयो ।

राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ (फिफ) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए । 

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *