Popular Posts

जानकी महिला जागरण समाजको ३४औँ स्थापना दिवस मनाइयो

जनकपुरधाम । धनुषास्थित जानकी महिला जागरण समाज (JWAS) ले बैशाख २५ गते आफ्नो ३४औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ।

स्थापना दिवसका अवसरमा संस्थाकी अध्यक्ष मन्दा कुमारी कर्ण तथा कार्यकारी निर्देशक राजन नेपालले शुभकामना सन्देश जारी गर्दै संस्था स्थापनादेखि हालसम्म सहयोग गर्ने सदस्य, पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी, दातृ संस्था, साझेदार, पत्रकार, बुद्धिजीवी तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेका छन्।

कार्यक्रममा संस्थासँग आबद्ध कर्मचारी, पदाधिकारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा पनि निरन्तर सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *