Popular Posts

प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्रीमाथि गगन थापाको आलोचना

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको भावना विपरीत काम गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद् प्रधानमन्त्रीको एकल नियन्त्रण रोक्नका लागि संविधानमै व्यवस्था गरिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले उक्त व्यवस्थाको “पूर्ण रूपमा धज्जी उडाएको” टिप्पणी गरे।

थापाले भने, “संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर संविधानमै लेखिएको छ । सरकार प्रमुखले जबरजस्ती गर्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न संवैधानिक परिषद् बनाइएको हो । तर त्यसको पूर्ण रूपमा धज्जी उडाइएको छ ।”

उनले संवैधानिक निकायहरूको नियुक्ति प्रक्रिया पारदर्शी, सहमतिमूलक र संविधानसम्मत हुनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *