Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

कांग्रेसका वरिष्ठ नेता सिंहको निधनप्रति तमलोपाका वरिष्ठ उपाध्यक्ष डा. सिंहद्वारा श्रद्धाञ्जली

जनकपुरधाम । लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष डा. विजय कुमार सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा समाजसेवी सत्य नारायण सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली सन्देश जारी गर्दै डा. सिंहले स्वर्गीय सत्य नारायण सिंह यस क्षेत्रका ज्येष्ठ सामाजिक व्यक्तित्व, नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी, २००७ सालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा समर्पित राजनीतिकर्मी रहेको उल्लेख गरेका छन्।

उनले स्वर्गीय सिंह नेपाली कांग्रेस मनराका क्षेत्रीय सभापति (२०१५), दुर्गा माध्यमिक विद्यालय मनराका संस्थापक परिवारका सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, मनरा गाउँ विकास समितिका पूर्व अध्यक्ष (२०५४) र कांग्रेसका वरिष्ठ नेताका रूपमा समाज र राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

डा. सिंहले ९२ वर्षीय सत्य नारायण सिंहको स्वर्गारोहणको दुःखद समाचारले आफू अत्यन्त मर्माहत भएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

श्रद्धाञ्जली सन्देशको अन्त्यमा उनले दिवंगत आत्माप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै “ॐ शान्ति! शान्ति! शान्ति!” व्यक्त गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text