नायव महानिरीक्षक ठाडा मगर उत्कृष्ट बाहिनीपतिको पुरस्कारबाट पुरस्कृत

Share on Social Media

काठमाडौँ, माघ ९ गते । मासशस्त्र प्रहरी बल नेपालले चौबीसौँ सशस्त्र प्रहरी दिवस मनाएका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौँमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीका उत्कृष्ट अधिकारी तथा उत्कृष्ट बाहिनीपतिहरूलाई पुरस्कृत तथा सम्मानित गर्नुभयो।
सो अवसरमा प्रमुख अतिथि गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नुभयो।
त्यसैगरी देशभरिमा उत्कृष्ट रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ का गढीमाई बाहिनीपति नायव महानिरीक्षक गणेश ठाडा मगरलाई उत्कृष्ट बाहिनीपतिको पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गर्नुभयो।
२०७८ सालमा पनि छिन्मस्ता बाहिनी का नेतृत्व गर्नुभएका गणेश ठाडा मगर लाई उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत तथा सम्मानित गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *