काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिवका अनुसार आइतबार बिहान अनलाइन माध्यमबाट बैठक हुने तय भएको छ। धेरै पदाधिकारीहरू निर्वाचनका कार्यक्रमका कारण काठमाडौँ बाहिर रहेकाले बैठक अनलाइनमार्फत गर्न लागिएको हो।

बैठकमा पार्टीको संगठनात्मक तथा निर्वाचनसम्बन्धी तीन महत्त्वपूर्ण विषयलाई एजेन्डा बनाइएको छ। ती एजेन्डामा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषय समावेश छन्।
पार्टीले आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशिका र अनुशासनसम्बन्धी निर्णयलाई प्राथमिकतामा राखेको जनाएको छ। बैठकमा यी एजेन्डामाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी रहेको बताइएको