सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु


काठमाडौंस्थित सिंहदरबारमा आज केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा मुख्य रूपमा आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा रणनीति, तयारी अवस्था र समन्वय संयन्त्रबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।
बैठकमा चारवटै सुरक्षा निकायका उच्च अधिकारी, सातै प्रदेशका प्रमुख सचिव, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। केही सहभागीहरू भौतिक रूपमा उपस्थित छन् भने अन्य अधिकारीहरू Zoomमार्फत जोडिएका छन्।
निर्वाचन नजिकिँदै जाँदा देशभर शान्ति–सुरक्षा सुदृढ बनाउने, सम्भावित जोखिमहरूको पूर्वआकलन गर्ने तथा प्रदेश र जिल्लास्तरमा समन्वय प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ। बैठकबाट निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक निर्देशन र कार्ययोजना तय हुने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *