जनकपुरमा बीबीसी डकुमेन्ट्री देखाएको आरोपमा रास्वपाका कार्यकर्ता सहित गाडी नियन्त्रणमा


जनकपुरधाम ।


प्रहरीका अनुसार सार्वजनिक स्थानमा संवेदनशील सामग्री प्रदर्शन गरिएको सूचना पाएपछि टोली खटिएको थियो। सो क्रममा गाडीसहित उनलाई नियन्त्रणमा लिइएको र अन्य दुईवटा गाडी भने घटनास्थलबाट फरार भएको बताइएको छ।
प्रहरीले उक्त गतिविधिले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने देखिएको भन्दै अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ परेका व्यक्तिले भने कार्यक्रम शैक्षिक उद्देश्यले आयोजना गरिएको दाबी गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जनकपुरमा बीबीसीले निर्माण गरेको एक डकुमेन्ट्री सार्वजनिक स्थानमा प्रदर्शन गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रेल्वे स्टेशन क्षेत्र अगाडि भारतीय नम्बर प्लेटको गाडीमा प्रोजेक्टर जडान गरी डकुमेन्ट्री देखाइरहेको अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग आवद्ध बताइएका विकास जयसवाल रहेका छन्। उनी सवार बीआर ०१ जी ०१४६७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *