नेपालमा विद्युतीय चुलोको आयातमा अत्यधिक बृद्धि

काठमाडौं — भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार नेपालमा खाना पकाउने विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ।
एलपी ग्यास अभावको समस्या दोहोरिन थालेपछि उपभोक्ता विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो नेपाल भित्रिएको तथ्यांकले देखाएको छ।
आयात भएका चुलोमध्ये सबैभन्दा बढी आकर्षण इन्डक्सन चुलोमा देखिएको छ। समीक्षा अवधिमा १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो आयात भएको छ। त्यसपछि इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ। सोही अवधिमा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो नेपाल भित्रिएको विभागले जनाएको छ।
इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने निकै कम मात्रामा आयात भएका छन्। आठ महिनामा ९ सय २९ थान मात्रै अन्य प्रकारका विद्युतीय चुलो नेपाल भित्रिएका छन्।


पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय चुलोको प्रयोग बढ्दै गएको देखिएको छ। विद्युत् उत्पादन बढ्दै जानु, एलपी ग्यासको आपूर्तिमा बेला–बेलामा समस्या आउनु तथा घरायसी प्रयोगमा विद्युतीय उपकरण प्रयोग बढ्दै जानुका कारण उपभोक्ताहरू विस्तारै ग्यासबाट बिजुलीतर्फ सर्दै गएको देखिन्छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *