डलर को भाउ स्थिर, युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउमा कमी

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर को भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलर को भाउ केही घटेको छ।
राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा नै कायम छ। आइतबार जस्तै आज पनि डलरको दर स्थिर रहेको देखिएको छ।
युरोको भाउ भने हिजोको तुलनामा केही घटेको छ। आज युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा कायम भएको छ। हिजो युरोको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा थियो, जसका आधारमा आज थोरै गिरावट देखिएको हो।
यस्तै पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज पाउण्ड एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा कायम भएको छ। हिजो पाउण्डको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा थियो।
राष्ट्र बैंकले सार्वजनिक गर्ने दैनिक विनिमयदरका आधारमा अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपालमा पनि प्रत्यक्ष देखिने गर्छ। आजको दरअनुसार डलर स्थिर रहे पनि युरो र पाउण्डमा भने सामान्य गिरावट देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *