मटिहानी नगरपालिका वडा नं. ८ को दुईतल्ले वडा कार्यालय भवन उद्घाटन



मटिहानी ।

मटिहानी नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको दुईतल्ले वडा कार्यालयको प्रशासकीय भवन उद्घाटन गरिएको छ।
आज आयोजित एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वडा नं. ८ का वडा अध्यक्ष रितेश कुमार साह ले संयुक्त रूपमा उक्त वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो।


वडा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहर ले करिब १६ धुरभन्दा बढी जग्गा उपलब्ध गराउनुभएको थियो। उक्त दुईतल्ले भवन नेपाल सरकारको सम्पूरक अनुदान र मटिहानी नगरपालिकाको रु. ९५ लाख ११ हजार २२७ (मूल्य अभिवृद्धि कर समेत) को लागतमा निर्माण गरिएको हो।
मटिहानी नगरपालिकाका इन्जिनियर बिमलेश साह का अनुसार भवनमा चार वटा कोठा, एउटा सभा हल तथा टायलट–बाथरुमको व्यवस्था गरिएको छ। यस भवनले वडा कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मञ्जु देवी साह, विभिन्न वडाका अध्यक्षहरू, पूर्व जनप्रतिनिधिहरू, महोत्तरी उद्योग वाणिज्य संघ का पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


स्थानीय बासिन्दाले नयाँ भवन निर्माण भएसँगै वडा कार्यालयबाट सेवा लिन सहज हुने अपेक्षा व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि वडा स्तरका पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *