डोटीमा जिप दुर्घटना : दुई युवाको मृत्यु श


डोटी जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला भन्ने स्थानमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटना राति करिब १२:३० बजे भएको थियो। दुबै युवाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *