आयोगको प्रतिवेदनमा दोहोरो मापदण्ड र अन्योलता: एआइजी शाहमाथि कारबाही र पुरस्कार दुवै सिफारिस

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको भेटिएको छ।
प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत (हाल प्रहरी एकेडेमीमा पदस्थ) एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको छ। आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने औंल्याइएको छ।
प्रतिवेदनमा भनिएको छ कि, “२४ भदौमा टंगालको भाटभेटेनी र नक्लासको हिल्टन होटल जलाई प्रहरी प्रधान कार्यालय आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मुख्य गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी प्रधान कार्यालय पूर्ण रुपमा सुरक्षित राख्न सफल भएका कारण उनलाई पुरस्कृत गर्नुपर्ने देखिन्छ।”
यससँगै आयोगले उनलाई कारबाही गर्ने सिफारिस पनि गरेको छ, जसले प्रतिवेदनमा विरोधाभासपूर्ण सिफारिस देखाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *