Popular Posts

काठमाडौं – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको सुपरमार्केट मर्मत, पुनर्निर्माण र व्यवस्थापन सुधारपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
आन्दोलनका बेला सुपरमार्केटभित्र रहेका संरचना, सामग्री तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। घटनापछि सुरक्षा चुनौती र क्षतिको मूल्याङ्कनका कारण सञ्चालनमा ढिलाइ भएको थियो। व्यवस्थापन पक्षले क्षतिग्रस्त भवन मर्मतसँगै सुरक्षालाई प्राथमिकतामा राखेर सेवा पुनः सुरु गरेको जनाएको छ।


भाटभटेनी व्यवस्थापनले कठिन परिस्थितिका बाबजुद व्यवसायलाई पुनः उभ्याउन सफल भएको उल्लेख गर्दै कर्मचारी, ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै, आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अन्य भाटभटेनी सुपरमार्केटहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको जानकारी दिइएको छ।
पुनः सञ्चालनसँगै कोटेश्वर क्षेत्रका उपभोक्तालाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजता मिल्ने विश्वास गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *