Popular Posts

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

चितवन । चितवनको खैरहनीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुष हुन्।

प्रहरीका अनुसार दुर्घटना पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१, शाही चोकमा गएराति करिब २ः३० बजे भएको हो।

महोत्तरीबाट काठमाडौंका लागि भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्र भुसन यादवका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *