जनकपुरधाम । रौनियार सेवा समिति जनकपुरधामको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। लालबाबु गुप्ताको नेतृत्वमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा लालबाबु साह चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा उमाशंकर साह र वैद्यनाथ साह, महासचिवमा अनिल कुमार साह, सचिवमा शशी कुमार गुप्ता तथा कोषाध्यक्षमा रामजीवन साह चयन भएका छन्।
समितिका सदस्यहरूमा पारसमणि गुप्ता, रामाकिशुन रौनियार, अशोक कुमार गुप्ता, रघुनन्द प्रसाद गुप्ता, दिलीप कुमार गुप्ता, शिवशंकर गुप्ता, रामदयाल गुप्ता, दिलीप प्रसाद गुप्ता र हंसराज साह रौनियार चयन भएका छन्।
नयाँ कार्यसमिति निर्विरोध चयन भएपछि रौनियार समुदायका अगुवाहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै बधाई ज्ञापन गरेका छन्।
समितिले आगामी कार्यकालमा रौनियार समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकाससँगै समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
