निर्वाचन सर्ने हल्लाप्रति एमालेकोआपत्ति

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन सर्ने हल्लाप्रति आपत्ति जनाएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टीले निर्वाचन निर्धारित मितिमै हुनुपर्ने स्पष्ट अडान सार्वजनिक गरेको हो।
पार्टीको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाही ले निर्वाचन सर्ने हल्ला चलाइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। “अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ, त्यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले भने, “पुनः दोहोर्‍याउन चाहन्छु– निर्वाचन समयमा नै हुनुपर्छ।”
उनले एमाले कुनै पनि बहानामा चुनाव सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै फागुन २१ मै निर्वाचन सम्पन्न गरिनुपर्नेमा पार्टी अडिग रहेको बताए। निर्वाचन प्रक्रियालाई अन्योलमा पार्ने किसिमका गतिविधि वा हल्लाले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनको भनाइ थियो।
एमालेले सम्बन्धित निकायलाई पनि निर्धारित कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *