Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

उद्धारका लागि दुबई तर्फ बिमान प्रस्थान

काठमाडौं ।

नेपाल वायु सेवा निगम ले बुधबार राति विशेष उडानमार्फत दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्ने भएको छ।
निगमले जारी गरेको उडान सूचनाअनुसार बुधबार राति ११ः१५ बजे वाइडबडी विमानमार्फत नेपालमा रोकिएका यात्रुलाई दुबई लैजाने र त्यहाँ अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याइनेछ। दुबईबाट उड्ने आरए २३० (दुबई–काठमाडौं) उडान बिहीबार बिहान ४ः१० बजे काठमाडौं अवतरण गर्ने तालिका रहेको छ।
अमेरिका–इरान युद्ध सुरु भएपछि दुबईमा रोकिएका यात्रुको उद्धारका लागि १२ दिनपछि पहिलोपटक निगमले विशेष उडान सञ्चालन गर्न लागेको हो।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ का अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने सिद्धान्तअनुसार यात्रुलाई प्राथमिकतामा राखिएको छ। उनका अनुसार बुधबार रातिको उडानबाट करिब २७० देखि २८० जना यात्रु दुबई पुग्नेछन्।
दुबईमा रोकिएका यात्रुलाई यही उडानमार्फत स्वदेश फर्काइने तयारी गरिएको निगमले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!