रास्वपाद्वारा १८ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्य थालेको छ। पार्टीभित्र सकेसम्म सानो आकारको मन्त्रिपरिषद् बनाउने लक्ष्यसहित १८ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले कम सदस्यीय मन्त्रिपरिषद् बनाउने विषयमा आन्तरिक छलफल अघि बढाएको छ। ‘हामी सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रयासमा छौं। १८ सदस्य वरिपरि रहने गरी गृहकार्य भइरहेको छ,’ उनले बताएका छन्।
उनका अनुसार केही मन्त्रालय गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको छ। मन्त्रालयको संख्या र मन्त्री बन्ने नेताहरूको नामावली भने अझै टुंगो लागिसकेको छैन।
रास्वपाले छिट्टै संसदीय दलको नेता चयन गरेर सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यससँगै नयाँ मन्त्रिपरिषद् गठनबारे अन्तिम निर्णय हुने बताइएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *