काठमाडौं । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ।
सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसे ले प्रतिवेदन पूर्ण नभएको बताए। उनका अनुसार प्रतिवेदन पहिलो दृष्टिमै अधुरो देखिएको छ र यसले घटनाका सबै पक्षलाई समेट्न सकेको छैन।
चालिसेले विशेषगरी २३ भदौको घटनाबारे केही विवरण आए पनि २४ भदौको घटनालाई आयोगले स्पष्ट रूपमा सम्बोधन नगरेको आरोप लगाए। “प्रथम दृष्टिमा यो प्रतिवेदन पूर्ण देखिँदैन, अझै धेरै कुरा छुटेको जस्तो लाग्छ,” उनले भने।
कांग्रेसले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानुनका जानकार तथा जेनजी आन्दोलन मा सहभागी युवा अभियन्ता समेत समावेश गरेर छुट्टै समिति बनाउने पनि जनाएको छ।
