ईश्वर पोखरेलले सुझाव माग्दै भने– “संविधान संशोधनका लागि मेरो उम्मेदवारी”

काठमाडौं– नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएको बताएका छन्। उनले मतदाता, शुभेच्छुक र सरोकारवालासँग सुझाव माग्दै आफ्नो प्रतिबद्धतापत्र तयार गर्ने प्रक्रिया सुरु गरेका हुन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देश दिँदै संविधान २०७२ लाई समयानुकूल परिमार्जन र आवश्यक संशोधनमार्फत् अझ प्रभावकारी बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरेका छन्। संविधान संशोधनमार्फत् राजनीतिक स्थायित्व, सुशासन र समाजवादको आधार निर्माण गर्ने लक्ष्यसहित आफू निर्वाचनमा होमिएको उनको भनाइ छ।
उनका अनुसार युवाहरूको भविष्य सुरक्षित बनाउने, अवसर सिर्जना गर्ने र राज्य सञ्चालनलाई थप समावेशी तथा उत्तरदायी बनाउने विषयलाई प्रतिबद्धतापत्रको केन्द्रमा राखिनेछ। यसका लागि नागरिक तहबाट प्राप्त हुने रचनात्मक सुझावहरूले आफ्नो योजना अझ व्यवहारिक र प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरेका छन्।


काठमाडौं–५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा रहेका पोखरेलले निर्वाचनअघि नै मतदातासँग सिधा संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण र योजनाहरू साझा गर्ने रणनीति लिएका छन्। उनले संविधान संशोधन कुनै एक दलको मात्र एजेन्डा नभई राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने विषय भएको बताएका छन्।
राजनीतिक वृत्तमा संविधान संशोधनको विषय लामो समयदेखि बहसको केन्द्रमा रहँदै आएको सन्दर्भमा पोखरेलको उम्मेदवारी र सार्वजनिक सुझाव आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *