निर्वाचन सुरक्षा कडा — संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा गरिने


काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सरकारले निर्वाचन सुरक्षा कडा पार्ने प्रतिवद्धता पुन: दोहो¥¥याएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले संवेदनशीलता मूल्याङ्कनका आधारमा निर्वाचन क्षेत्रहरूलाई वर्गीकरण गरी अति संवेदनशील, संवेदनशील र सामान्य को श्रेणीमा विभाजन गरिएको जानकारी दिए। त्यसअनुसार, सुरक्षा रणनीति लागू गरी उक्त संवेदनशील क्षेत्रहरूमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध मिलाइने उनले बताए।
गृहमन्त्री अर्यालले मतपत्र छपाइ, मतदानस्थल तथा निर्वाचनसँग सम्बन्धित सबै गतिविधिमा सुरक्षा कडा बनाइने उल्लेख गर्दै, विगतको तुलनामा अझ सुदृढ सुरक्षा व्यवस्थासहित निर्वाचन सम्पन्न गरिने दाबी गरे। उनले देशका विविध क्षेत्रका सामाजिक–राजनीतिक परिवेश, विगतका दुर्घटनाका अनुभव र जोखिम मूल्याङ्कनका आधारमा सुरक्षा योजना बनाइएको बताए।
सरकारको लक्ष्य भनेको सबै मतदाता, उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता, निर्वाचन कर्मचारी तथा सुरक्षा निकायका सदस्यहरूलाई सुरक्षित वातावरणमा निर्वाचनमा सहभागी गराउने रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। यसका लागि केन्द्रीय सुरक्षा समितिद्वारा ‘एकीकृत निर्वाचन सुरक्षा योजना‑२०८२’ अन्तर्गत तहगत संरचना र संयन्त्रहरू पनि क्रियाशील गरिएको छ।


चालु निर्वाचन सुरक्षा तयारीका क्रममा गृह मन्त्रालयले भर्चुअल बैठकमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सुरक्षा सम्बन्धी निर्देशन जारी गरेको तथा संवेदनशील क्षेत्रका निगरानी तथा प्रतिक्रिया संयन्त्रलाई द्रुत रूपमा लागू गरिरहेको छ।
निर्वाचन नजिकिँदै गर्दा सरकारले स्वच्छ, निष्पक्ष, भयरहित एवं विश्वासयोग्य निर्वाचन गर्न सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको प्रमुक सुरक्षा अधिकारीहरूले बताएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *