प्रधानमन्त्री कार्की: “प्रजातन्त्र आममानिसको अनुहारमा झल्किनुपर्छ, युवाको असन्तोषलाई सम्बोधन गर्नुपर्छ”


काठमाडौं ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च, टुँडीखेलमा आयोजित कार्यक्रममा प्रजातन्त्रको वास्तविक झल्को आममानिसको अनुहारमा देखिनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन् कि युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। “युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकांक्षा हुन्छ। उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ,” उनले सम्बोधनमा भनिन्।
उनले थपिन्, “प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुस्कान र उनीहरूको निस्फिक्री निद्रामा झल्किनुपर्छ।” प्रधानमन्त्री कार्कीको यो अभिव्यक्ति देशमा लोकतान्त्रिक मूल्य र युवा सहभागिताको महत्वलाई उजागर गर्ने प्रयासको रूपमा लिइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *