भारत सरकारले गरे निर्वाचनका लागि चौथो खेपको सवारी साधन सहयोग

बीरगंज ।
भारतको महावाणिज्य दूतावास, बीरगंजले नेपाल सरकारलाई निर्वाचनसम्बन्धी सहायताको चौथो खेप हस्तान्तरण गरेको छ। १ मार्च २०२६ मा बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
नेपालमा आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले उपहारस्वरूप प्रदान गरेको सहयोगको यस चौथो किस्तामा ३० वटा एक टन ट्रक तथा अन्य आवश्यक सामग्रीहरू समावेश रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न यस्ता सहयोग महत्वपूर्ण हुने उल्लेख गरे।


यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहायताका पहिलो तीन किस्तामार्फत ५८० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्रीहरू नेपाललाई हस्तान्तरण गरिसकेको छ।
भारतीय पक्षले निरन्तर रूपमा उपलब्ध गराउँदै आएको सहयोगले दुई देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीलाई थप मजबुत बनाएको बताइएको छ। साथै, यो सहयोग दुवै देशका जनताबीचको गहिरो पारस्परिक विश्वास र मित्रताको प्रतीकका रूपमा लिइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *