Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

स्ट्रेट अफ होर्मुजमा भारतको गुजराततर्फ इन्धन लिएर गइरहेको जहाजमा अज्ञात प्रहार

स्ट्रेट अफ होर्मुजमा बुधबार थाइल्याण्डको ‘मयूरी नारी’ जहाजमा अज्ञात प्रहार भएको छ। यो जहाज भारतको गुजराततर्फ इन्धन लिएर जातिरहेको थियो। प्रहारपछि जहाजमा भयंकर आगलागी भयो र यसको सञ्चालन ठप्प भयो। घटना ओमानको समुद्री तटको करिब ११ नटिकल माइल उत्तरमा भएको बताइएको छ।
भारतले आफ्नो ठूलो हिस्सा कच्चा तेल र ग्यास साउदी अरब, इराक, कुवेत र यूएईबाट होर्मुज स्ट्रेटमार्फत् आयात गर्छ। यही समुद्री मार्ग खतरनाक बनेपछि भारतको ऊर्जा सुरक्षा र आयातमा ठूलो प्रभाव परेको समाचारमा जनाइएको छ। होर्मुज स्ट्रेट बन्द भए/खतरामा परेपछि जहाजहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने र त्यसले समय, लागत र बीमा शुल्क बढ्ने बताइएको छ।


मध्यपूर्वमा बढेको तनाव र इरान तथा अन्य पक्षको युद्धका कारण होर्मुज स्ट्रेटमा आक्रमणहरू तीव्र भएको भनिएको छ। यसले विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको र तेलको मूल्य पनि भारी बढेको संकेत देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!