ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए प्रतिनिधि सभा सदस्यको शपथ



काठमाडौं, नेपाली कांग्रेसका ७८ वर्षीय प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्। केसी समानुपातिक तर्फबाट सांसद भएका हुन्।
ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधि सभाका नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउने जिम्मेवारी सम्हाल्नेछन्। फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथभर्ना भोलि हुँदैछ।
सभामुख चयन नहुँदासम्म, केसी संसद बैठक अध्यक्षको रूपमा सञ्चालन गर्नेछन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *