Popular Posts

प्रधानमन्त्रीले साइत हेरेर शपथ लिने कार्य मन नपरेको भन्दै अर्थमन्त्री खनालद्वारा बालेनको आलोचना



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री र मन्त्रीहरूले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मध्याह्न १२:३४ बजे शपथ लिने गरी साइत हेरेको भन्ने समाचार सार्वजनिक भएपछि खनालले यस विषयमा टिप्पणी गरेका हुन्।
खनालले आफूहरू सरकारमा जाँदा साइत हेर्ने वा देखाउने समय नभए पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको बताएका छन्। उनले अहिलेको समयमा साइतभन्दा पनि इमान्दारी र कामप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनले साइत देखाएर शपथ लिने परम्परा आफूलाई कत्ति पनि मन नपरेको भन्दै यस्तो अभ्यास आवश्यक नभएको धारणा व्यक्त गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *