रवि लामिछानेको रिट ‘हेर्दाहेर्दै’मा, आइतबार पुनः सुनुवाइ हुने


काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार पुनः सुनुवाइ हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो।
सर्वोच्च अदालत मा बिहीबार सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै चैत १५ गते आइतबारका लागि पुनः सुनुवाइ तोकिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिएका छन्।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा चैत १० गतेदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले चैत ५ गते लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा दायर गरिएका मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *