अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले मागहरू सम्बोधन नगरे सङ्घर्ष गर्ने

काठमाडौं, वैशाख १३ गते । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घ ले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासङ्घले पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको हो।

महासङ्घका प्रतिनिधिहरूले अस्थायी शिक्षक तथा कर्मचारीहरूको सेवा सुरक्षा, स्थायित्व र सुविधा सम्बन्धी मागहरू लामो समयदेखि बेवास्ता गरिएको आरोप लगाएका छन्।

उनीहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *