भारत र अमेरिका बीच अन्तरिम व्यापार समझौता (Interim Trade Framework) मा भयो- सहमति


भारत र अमेरिका बीच अन्तरिम व्यापार समझौता (Interim Trade Framework) मा सहमति भएको छ। यो समझौता द्विपक्षीय व्यापार सम्बन्धलाई थप सुदृढ गर्ने पहिलो कदमको रुपमा लिइएको छ। अमेरिका भारतबाट आयात हुने वस्तुहरूमा लगाइएको टैरिफ घटाएर १८ प्रतिशत पुर्याएको छ। यसले भारतीय निर्यातकर्तालाई अमेरिकी बजारमा प्रतिस्पर्धात्मक लाभ दिन्छ। भारतले पनि अमेरिकी सामानमा आयात शुल्क घटाएको वा हटाएको छ, जसमा उद्योग, कृषि तथा खाद्य पदार्थहरू समावेश छन्।


दुवै देश आपसी व्यापारलाई सन्तुलित र पारदर्शी बनाउन प्रतिवद्ध छन्। गैर‑टैरिफ अवरोध र प्राविधिक मापदण्डलाई सम्बोधन गर्ने सहमति भएको छ। भविष्यमा विस्तृत द्विपक्षीय समझौता गर्ने प्रक्रियामा अगाडि बढिने योजना छ।
संवेदनशील कृषि तथा डेरी उत्पादनहरू सुरक्षित राखिने गरी सहमति भएको छ। ऊर्जा आपूर्ति विविधीकरण र भारतीय ऊर्जा सुरक्षा प्राथमिकतामा राखिने छ।
भारत सरकारले यसलाई न्यायसंगत, सन्तुलित, र दुवै देशको हितमा भएको बताएको छ। केही आलोचकहरूले भने यसबाट अमेरिकी पक्षलाई बढी लाभ पुग्ने र भारतका केही संवेदनशील क्षेत्रमा दबाव पर्न सक्ने बताएका छन्।
यस अन्तरिम समझौताबाट द्विपक्षीय आर्थिक साझेदारी बलियो हुने, व्यापार वृद्धि, रोजगार सिर्जना र प्राविधिक सहयोगका अवसरहरू बढ्ने अपेक्षा छ। भविष्यमा विस्तृत द्विपक्षीय व्यापार समझौता (BTA) का लागि वार्ता जारी रहनेछ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *