BYD चौथो अन्तरस्कुल टी–२० क्रिकेट: हिमाली र एर्रे इन्टरनेशनल स्कुल विजयी

Share on Social Media

बोली समाचारदाता ।

जनकपुरधाम, फागुन १८ – जनकपुरधाममा जारी BYD चौथो अन्तरस्कुल टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूमा हिमाली स्कुल र एर्रे इन्टरनेशनल स्कुल विजयी भएका छन्।

पहिलो खेल: हिमाली स्कुल बनाम मिट स्कुल

आजको पहिलो खेल मिट स्कुल र हिमाली स्कुल बीच भयो। टस जितेर ब्याटिङ रोजेको मिट स्कुलले ८६ रन मात्र बनाउन सफल भयो। हिमाली स्कुलका लागि मो. हसन र अमित रोयले समान २ विकेट लिँदै बलिङमा उत्कृष्ट प्रदर्शन गरे।

८७ रनको लक्ष्य पछ्याएको हिमाली स्कुलले ६ विकेट गुमाएर ८९ रन बनाएर जित हात पार्यो।

  • हिमालीका लागि सनराज साहले २२ रनअमित रोयले १८ रनको योगदान गरे।
  • मिट स्कुलका बलर सारंग ठाकुरले ३ विकेटआयुस सिंहले २ विकेट लिए।
  • म्यान अफ दि म्याच हिमाली स्कुलका अमित रोय भए।

दोस्रो खेल: एर्रे इन्टरनेशनल स्कुल बनाम अन्नपूर्ण स्कुल

दोस्रो खेलमा एर्रे इन्टरनेशनल स्कुल र अन्नपूर्ण स्कुल आमनेसामने भए। टस जितेर पहिले फिल्डिङ रोजेको अन्नपूर्ण स्कुललाई एर्रे इन्टरनेशनलले १७२ रनको लक्ष्य दियो।

  • युवराज साहले ३५ बलमा ५५ रनकृष्णा मण्डलले १५ बलमा ३० रन प्रहार गरे।
  • अन्नपूर्णका बलर उमाशंकर साहले ४ विकेट लिए।

जवाफी ब्याटिङमा अन्नपूर्ण स्कुल १३.४ ओभरमै ६९ रनमा अलआउट भयो।

  • अन्नपूर्णका लागि आनन्द साहले २५ रनअमनले १८ रन बनाए।
  • एर्रेका बलर धीरेन्द्र यादव र निलेशले समान ४-४ विकेट लिए।
  • म्यान अफ दि म्याच एर्रेका युवराज साह घोषित भए।

प्रतियोगिताबारे जानकारी

  • प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन्।
  • खेलहरू ICC मान्यता अनुसार सञ्चालन भईरहेका छन्।
  • जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपाल को आयोजनामा प्रतियोगिता भइरहेको छ।

भोलीका खेलहरू

  • पहिलो खेल: न्यू भिजन स्कुल बनाम गोगल प्रसाद विद्यालय।
  • दोस्रो खेल: मदर टेरेसा पब्लिक स्कुल बनाम सिटी मोन्टेसरी।

प्रतियोगिता झनै रोमाञ्चक बन्दै गएको छ, जसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *